आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो « Khabarhub

आठ दलीय मोर्चाको निष्कर्ष : ‘नो केबलकार’ आन्दोलनमा प्रहरीले अत्यधिक दमन गर्‍यो


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मधेशवादी राजनीतिक दलहरुले पाथीभरा मुकुम्लुङमा ‘नो केबलकार’ पक्षधर समुहबाट भइरहेको आन्दोलनमा प्रहरीद्वारा अत्यधिक दमन भएको निष्कर्ष निकालेका छन् ।

आइतबार राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालय शंखमुलमा बसेको बैठकले नो केबलकार समुहद्वारा भइरहेको संघर्षमा प्रहरीद्वारा अत्यधिक दमन, अनावश्यक धडपकड र झुठा मुद्दा लगाउने जस्ता कार्यहरु भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुक्ति पार्टीका नेता केशव झाका अनुसार मुकुम्लुङ घटनामा गिरफ्तार गरिएका आन्दोलनकारीहरुलाई विना शर्त रिहाई गर्न माग गर्ने बैठकले निर्णय गरेको छ । सरकारलाई तत्काल वार्ता र सम्वाद मार्फत समस्याको समाधान खोज्न समेत माग गर्ने निष्कर्षमा पुगेको झाले बताए ।

आठ दलिय मोर्चामा लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ०४ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय