बालेनलाई वडाध्यक्षको प्रश्न- नागरिकलाई भेटेर के बिग्रन्छ मेयर साब ? | Khabarhub Khabarhub

बालेनलाई वडाध्यक्षको प्रश्न- नागरिकलाई भेटेर के बिग्रन्छ मेयर साब ?


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

वार्षिक २५ अर्ब धनराशि चलाउने काठमाडौं महानगर देशकै शक्तिशाली जनप्रतिनिधिमूलक संस्था मानिन्छ। महानगरका नेतृत्व स्वतन्त्र हैसियतबाट निर्वाचित बालेन्द्र शाहले गरिरहेका छन्। देशका राष्ट्रपति, प्रधानमन्त्रीदेखि नागरिक तहसम्मलाई भेट्न अनिच्छा राख्ने मेयर शाहका हरेक निर्णय फेसबुकबाट सार्वजनिक हुन्छन्। अर्धभूमिगत अवस्थामा रहेर निर्णय गर्ने बालेनको कार्यशैलीप्रति मिश्रित प्रतिक्रिया रहेको पाइन्छ। अझ कर्मचारीमाथि अविश्वास गरेर सचिवालयमार्फत अव्यवहारिक निर्णय लिने गरेको आक्षेप उनीमाथि छ। काठमाडौं महानगर वडा कार्यालय १५ ले गरेको एकहप्ते स्वयम्भू महोत्सवको उद्घाटन समारोहमा बालेन प्रकट भए। स्वदेशी, विदेशी पर्यटकको प्रमुख आकर्षण रहेको स्वयम्भूनाथ यसै वडाअन्तर्गत पर्छ। वडाध्यक्ष ईश्वरमान डंगोलसँग ‘खबरहब’ले मेयर बालेनको कार्यशैली, स्वयम्भू महोत्सवको उद्देश्य, विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूनाथको पर्यटनप्रवर्द्धनका विविध विषयमा संवाद गरेको थियो। प्रस्तुत छ संवादको सम्पादित अंश :

स्वयम्भूनाथ तपाईंको वडामा पर्छ। स्तूपा, विहार, गुम्बा पनि प्रशस्त छन्। यी सम्पदाबाट वडाले कस्तो फाइदा लिइरहेको छ ?
वडाले खासै फाइदा लिन सकेको छैन। यहाँ आउने पर्यटकलाई टिकाउने, २-४ घण्टा घुमाउने अहिलेसम्म हामीले गर्न सकेका छैनौं। तर, त्यस विषयमा हामीले योजना भने बनाइरहेका छौँ। जस्तो हेरिटेज वाक जसलाई सम्पदा मार्गको रुपमा हनुमान ढोकादेखि स्वयम्भूसम्म पैदल मार्गको रुपमा विकास गर्ने योजना छ। त्यसबाट पर्यटकको २-४ घण्टा समय पदमार्गमा विस्तार गर्न सम्भव हुन्छ। त्यो बीचमा हाम्रा मौलिक परिकार खुवाउन सकौँ। हामीले पर्यटन क्षेत्रको विकास भनेर ठमेल र स्वयम्भू जोड्न खोजिरहेका छौँ। फाइदाभन्दा पनि हाम्रोमा धेरै भन्दा धेरै पर्यटन भित्र्याएर अर्थतन्त्रलाई टेवा पु-याउने हो। हाम्रो पर्यटन बाहेक अन्य कुरा दरिला छैनन्। त्यसैले पर्यटक भित्र्याएर विकास गर्नमा केन्द्रित हुन आवश्यक छ।

हामीले सामूहिक निर्णयलाई महत्त्व दिनुपर्छ भन्ने हो। को वडाध्यक्ष, को मेयर वा को सदस्य भन्दा पनि सबैले मिलेर महानगर बनाउने हाम्रो अभियान हो।

तपाईं नेकपा एकीकृत समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित हुनु भयो। काठमाडौं महानगरको मेयर बालेन्द्र शाह स्वतन्त्र हुनुहुन्छ। तपाईँले मेयरको कामलाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
काठमाडौं महानगरको मेयर भनेको काठमाडौंको लिडर हो। मेयरको आफ्नो हैसियत हुन्छ। आफ्नो काम, कर्तव्य हुन्छ। हामी वडाध्यक्षको पनि आफ्नो काम कर्तव्य हुन्छ। म वडाध्यक्ष भएको यो तेस्रो पटक हो। महानगर हामीले मिलेर नै बनाउने भन्ने हो। हामी छलफल व्यापक रुपमा गर्ने तर काम सहमतिमै गर्ने भन्ने हो।

हामीले सामूहिक निर्णयलाई महत्त्व दिनुपर्छ भन्ने हो। को वडाध्यक्ष, को मेयर वा को सदस्य भन्दा पनि सबैले मिलेर महानगर बनाउने हाम्रो अभियान हो। यसअघिको कार्यकालमा म महानगरको प्रवक्ता थिएँ। तर त्यो बेला देखिकै सहमतिमै महानगर बनाउने भन्ने हो। अहिलेसम्म हामीले कुनै पनि विषय विवादित बनाएनौँ। सबै एजेण्डामा सर्वसम्मत निर्णय लियौं। महानगर भनेको स्थानीय जनताको विकासको निम्ति हो। त्यसले गर्दा हामीले पक्ष विपक्ष भनेर आन्दोलन गर्नु हुँदैन।

जनताबाट निर्वाचित हैसियतले मेयरको गरिमा उत्तिक्कै हो। त्यो स्वतन्त्र या एक्लै भन्ने त कुरा आएन। हामी त्यसरी पनि मूल्याङ्कन गर्दैनौं। महानगर टीम हो। टीमभित्र हामी छौँ। टीमले नै मिलेर छलफल गरी एजेण्डा अघि बढाउने हो। आजका मितिसम्म महानगरबासीको हित र आवश्यकताको निम्ति छलफल गरेर नै अगाडि बढिरहेका छौँ।

आफ्नो वडाको तर्फबाट तपाईंले विभिन्न योजना लिएर जाने गर्नुहुन्छ। त्यसमा मेयरबाट कत्तिको सहयोग हुने गरेको छ ?
हामीले आफ्नो वडाको योजना लग्ने भनेको नगर परिषद्मा हो। त्यो कार्यक्रम बजेटमा समावेश गर्ने हो। त्यसको लागि त्यहाँ व्यापक छलफल हुन्छ। वडा वडाको बजेट, विभागको बजेट, मेयरको बजेट र उपमेयरको बजेट नगर सभाले अनुमोदन गर्नु पर्छ। आजका दिनसम्म सबै बजेटको अनुमोदन हामी सबैको सहमतिमा हुने गरेको छ।

कोही आएर मेयरलाई भेट्छु भन्छ भने हामी मेयरलाई लगेर भेटाउँछौँ। मुख्य कुरा मेयरले नागरिकलाई भेट्नु चैँ पर्छ। नभेटेर खै, के जितिएला र ?

वडाध्यक्षले नै मेयरलाई भेट्न नपाएको भन्ने असन्तुष्टि प्रकट हुने गरेका छन्। व्यक्तिगत तपाईंको अनुभव के छ ?
यो मेयरसाबको व्यक्तिगत विषय हो-उहाँले भेटघाटलाई कति समय दिनु भएको छ, छैन भन्ने कुरा। हामी त आफ्नै काममा व्यस्त छौँ। विषय र मुद्दा आयो भने कार्यपालिकाको छलफलमा मात्र जाने गरेका छौँ। मलाई जहाँसम्म लाग्छ उहाँले भेट्नु पर्छ। नागरिकमा अहिले ठुलो आशा र विश्वास छ। त्यो आशलाई विश्वासमा बदल्न पनि उहाँले भेटघाटलाई बाक्लो बनाउनु पर्छ। आफूलाई मत दिएर पठाएका मतदातालाई भेटघाट गर्दा मेयरसाबको साख बढ्ने हो। यदि कोही आएर मेयरलाई भेट्छु भन्छ भने हामी मेयरलाई लगेर भेटाउँछौँ। मुख्य कुरा मेयरले नागरिकलाई भेट्नु चैँ पर्छ। नभेटेर खै, के जितिएला र ?

तपाईँको मेयर र उपमेयरसँगको सम्बन्ध कस्तो छ ?
मेरो संस्थागत सम्बन्ध हो। महानगरको हितसँगको हो। महानगरको उन्नति र प्रगतिसँगको हो। यदि महानगरको हित, प्रगति र उन्नतिको लागि हाम्रो सधै नै सहमति हुन्छ नै। जनताको चाहना विरुद्ध गएको खण्डमा मेयरले हामीलाई र हामीले मेयरलाई पनि ‘करेक्सन’ गर्नु पर्छ। हाम्रो त व्यवसायिक सम्बन्धले दूरी घटबढ हुने हो।

तपाईं वडाध्यक्षको तेस्रो कार्यकालमा हुनुहुन्छ। आफ्नो वडामा के के उल्लेख्य काम गर्नुभयो ?
भूकम्पबाट हाम्रा सम्पदा अस्तव्यस्त थिए। एउटा हाउस पुलिङ मोडलबाट बनाएर सम्पन्न ग-यौँ। चौमतिको लाइन पनि अस्तव्यस्त भएको थियो। ०७४ मा निर्वाचित भएर आएपछि त्यसलाई व्यवस्थित गरेँ। प्रत्येक कार्यकालमा आफूले थालेका अपूरा योजना सम्पन्न गर्दै अघि बढिरहेको छु। मैले काम गरेर देखाएर नै होला मलाई तेस्रो पटक पनि जनताले अत्यधिक बहुमतले विजय गराए। ‘तपाई उठ्नै पर्छ, तपाईंका योजना पूरा भएका छैनन’ भन्ने आधारमा मलाई मत दिइएको हो। मुख्य कुरा यहाँका नागरिक नै न्यायाधीश हुन्। १५ नम्बरमा बस्ने नागरिक चाहे त्यो स्थायी होस् वा अस्थायी तिनीहरु शिर हुन्। हामी त सेवक हो। जनताले हामीलाई निर्वाचित गरेका हुन्। जनताको चाहना अनुसारको विकासलाई हामीले चिन्ताको विषय बनाउनु पर्छ।

मेयरसँग मेरो संस्थागत सम्बन्ध हो। महानगरको हित, प्रगति र उन्नतिको लागि हाम्रो सधै नै सहमति हुन्छ ।

ज्नताको सामूहिक स्वार्थ भनेको विकास नै हो। हामीले उहाँहरुको आवश्यकता पूरा गर्न सक्यौं, सकेनौं भन्नेमा गम्भीर हुनुपर्छ। बेरोजगारीलाई हटाउन सकियो कि सकिएन ? शिक्षामा गुणस्तर कायम गर्न सकियो कि सकिएन ? स्वास्थ्य क्षेत्रमा आर्थिक रुपमा कमजोर भएकालाई सेवा दिन सकियो कि सकिएन ? हुने खाने त जहाँ पनि जान्छ नि। गरिखानेलाई केही गर्न सकियो कि सकिएन भन्ने ठूलो विषय हो। अहिले पनि त्यही हिसाबले अगाडि बढिरहेका छौँ।

तपाईंको कार्यकालको उत्तरार्द्धमा १५ नम्बर वडाको स्वरुप कस्तो होला ?
हाम्रो वडामा विविध जातजाति, भाषाभाषी र धर्माबलम्बीको बसोबास छ। यी विविधता बीच पनि हामी एक भएर सहकार्य गरिरहेका छौँ। हरेक समुदायले राम्रो कामलाई समर्थन गरिरहेका छन्। हामीले काम गर्ने क्रममा कुनै कुरा गलत भयो भने त्यसलाई सुधार गर्नुस् है भन्दै सचेत गराउने काम भएको छ। सबै तह र तप्काका व्यक्तित्व विकासको एजेण्डामा तन, मन दिएर लाग्नु भएको छ। त्यसले गर्दा पनि हामीले उल्लेख्य काम गर्न सकेका छौँ। त्यसले होला विश्वमा ५ औँ नम्बरमा परेको सार्वजनिक शौचालय हामीले बनाएका छौँ। लाइनपुलिङ मोडल र हेरिटेज वाकको परिकल्पना ल्याएर आएका छौँ। हरेक ठाउँको अन्डरपासको सुरुवात हामीले थालेको हो। सबैको सहयोगले हामी सफल भइरहेका छौँ। विगतमा पनि सफल थियौँ, अहिले पनि सफल छौँ र भोलि पनि सफल हुने विश्वास छ।

१५ नम्बर वडाले स्वयम्भू महोत्सव गरिरहेको छ। महोत्सव गर्नुको औचित्य के हो ?
हाम्रो वडा भित्र विश्व सम्पदा सूचीमा परेको स्वयम्भू स्तूपा पर्छ। यो विश्वको सम्पत्ति पनि हो। हाम्रो वडामा महत्त्वपूर्ण मन्दिर छन्। हामीसँग धार्मिक, आर्थिक र सामाजिक क्षेत्रमा विकास हुने सम्भावना बोकेका सम्पदा छन्। र यसलाई चिनाउने र प्रचारप्रसार गर्नका लागि पनि हामीले महोत्सव आयोजना गरेका हौँ। महानगरले पनि सांस्कृतिक धरोहर नै हाम्रो सम्पदा हो भनिरहेको छ। त्यसले गर्दा पर्यटक भित्र्याउन हामीसँग यस्तो र यी यी सम्पदा छन् भनेर देखाउन हामीले महोत्सव आयोजना गरेका हौँ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ०४ बजे

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

काठमाडौं– एनसेलले खल्ती एपमा फ्ल्यास सेल अफर ल्याएको छ । यस

पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्न माग

काठमाडौं– सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद

‘भन्सारमा जफत गरिएका सामग्री समयमै लिलाम गर्नुपर्छ’

काठमाडौं– प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान

मुक्तकमैया परिवारलाई तत्काल मुआब्जा दिन सांसद साउदको माग  

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो

‘दातृ निकायबाट आएको सहयोगको विवरण संसद्लाई जानकारी गराउनपर्छ’ 

काठमाडौं– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ