महाशिवरात्रि : पाँच लाख भक्तजन पशुपति आउने, दुई सेकेन्डमा १० जनाले दर्शन गर्ने | Khabarhub Khabarhub

महाशिवरात्रि : पाँच लाख भक्तजन पशुपति आउने, दुई सेकेन्डमा १० जनाले दर्शन गर्ने

सजावटका लागि एक करोड ५० लाख खर्च गरिँदै


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन १४ गते महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर व्यवस्थापनमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पशुपति क्षेत्रमा रंगरोगन, सजावट लगायतमा उक्त रकम खर्च हुने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । 

महाशिवरात्रिको तयारीबारे जानकारी दिँदै १ करोड ५० लाख खर्च गर्न लागिएको भएको कोषका कोषाध्यक्ष एवम् शिवरात्रि अनुगमन तथा तथ्यांक संकलन व्यवस्थापन समितिका संयोजक नारायण सुवेदीले बताए।

‘कुन शीर्षकमा कति खर्च भयो भन्ने कुराबारे अहिले भन्न सकिँदैन’, सुवेदीले भने, ‘महाशिवरात्रि सकिएको १५ दिनभित्र हामीले कुन शीर्षकमा कति खर्च भयो भन्ने सम्पूर्ण जानकारी दिन्छौँ ।’

शिवरात्रिमा चढाएको भेटी गणना गर्न समय लाग्ने भएकाले केही दिनपछि मात्रै विवरण सार्वजनिक गर्न सकिने सुवेदीले बताएका छन् ।

प्रत्येक २ सेकेन्डमा १० व्यक्तिले दर्शन गर्ने

महाशिवरात्रिको दिन पशुपति मन्दिरमा दर्शन गर्नेको भिड लाखौँ हुने गरेको छ । जसका कारण पशुपति दर्शनको व्यवस्थाबारे धेरैको चासो छ।

यो पटक १० वटा लाइनबाट पशुपतिको दर्शन गर्ने व्यवस्था गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए । पशुपति दर्शनका लागि बुधबार बिहान २ः३० बजेदेखि बिहीबार बिहान ६ बजेसम्म पशुपतिका चारै ढोका खुल्ला हुने कोषले जनाएको छ ।

‘शिवरात्रिको दर्शनका लागि ४ वटै ढोकाबाट दर्शन गर्ने व्यवस्था गरिएको छ’, सुवेदीले भने, ‘प्रत्येक २ सेकेन्डमा १० जना भक्तजनले दर्शन गर्ने व्यवस्था गरिएको छ ।’

करिब २८ घण्टाको अवधिमा ५ लाख भन्दा बढी व्यक्तिले दर्शन गर्ने अनुमान गरिएको सुवेदीले बताए ।

‘पशुपति परिसरमा कति आउँछन् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, संयोजक सुवेदीले भने, ‘कोही मन्दिरभित्रै दर्शन गर्न, कोही गजुर दर्शन गर्न, कोही पशुपति क्षेत्रमा टेक्न मात्रै पनि आउनु हुन्छ ।’

४ हजार स्वयंसेवक

महाशिवरात्रिका लागि ४१ संस्थाले स्वयंसेवकका रुपमा काम गर्ने कोषले जानकारी दिएको छ । सुरक्षामा खटिनेबाहेक ४ हजार स्वयंसेवक खटिने प्रचार–प्रसार तथा साज सजावट व्यवस्थापनका उप–समितिका संयोजक तथा परिषद् सदस्य राजुकुमार खत्रीले जानकारी दिए । 

‘नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरु मार्फत पर्याप्त सङ्ख्यामा स्वयंसेवकहरू परिचालन हुनेछन्’, खत्रीले भने, ‘स्वयंसेवकहरूले दर्शन गर्ने लाइनको सहजीकरणका लागि मूल मन्दिरको बाहिरी भागमा सहयोग दिनेछन् ।’

‘सुरक्षा व्यवस्था – नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिनेछ’, खत्रीले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कमान्ड पोस्ट रहनेछ ।’

दर्शनमार्गलाई लक्षित गरी सीसी क्यामेरा जडान गरिएको खत्रीले जानकारी दिए । खत्रीका अनुसार गोरखनाथ, कैलाश, वनकाली लगायत अन्य आवश्यक स्थलमा सब–कमान्ड पोष्ट खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाइएको छ । 

‘ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङ स्थलहरुको व्यवस्था गरिएको छ’, खत्रीले भने ।

यस्तै महाशिवरात्रि पर्व व्यवस्थापन गर्न ११ वटा समिति गठन गरिएको छ । जसमा एक मूल समिति छ भने बाँकी १० वटा उपसमिति  छन् । 

मूल समिति ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बनेको छ । त्यसकै मातहतमा १० समिति छन् । 

जसमा सदस्य सचिव डा. मिलन कुमार थापा संयोजक रहेकाे सुरक्षा व्यवस्था, कोषाध्यक्ष नारायण प्रसाद सुवेदी संयोजक रहेकाे अनुगमन तथा तथ्यांक संकलन व्यवस्था, सदस्य हरिनाथ ढकाल संयोजक रहेकाे स्वयंसेवा परिचालन व्यवस्था, सदस्य शिक्षित पराजुली संयोजक भएर स्वास्थ्य सेवा व्यवस्था र सदस्य डा. भरत प्रसाद बडाल संयोजक रहेको साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति छन् ।

त्यस्तै, सदस्य राजुकुमार खत्री संयोजक रहेको प्रचार–प्रसार तथा साजसजावट व्यवस्था, सदस्य बाबुराशरण सुवेदी संयोजक रहेको आवास-भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, सदस्य रामेश्वर संगत संयोजक रहेर मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रिकालीन व्यवस्था, रेणुका पराजुली संयोजक रहेको वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उप समिति र कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी महाशिवरात्रि वर्ष २०८१ को सचिवालय संयोजक छन् । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ११ बजे

आम चुनावभन्दा पहिला अधिवेशन गराउनुपर्छ : शशांक कोइराला

जनकपुर– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले २०८४ को आम निर्वाचन

मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो

काठमाडौं– १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू

आजका समाचार : कुलमानलाई फेरि स्पष्टीकरण,  भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री र ट्रम्प-म्याक्रोन भेटवार्ता

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचनाशिक्षा शिक्षा,

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल

जनकपुरधाम– मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल