दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन | Khabarhub Khabarhub

दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । 

दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको थियो । 

दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातीय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गर, दलितलाई खै रु लगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिए। 

दलित अधिकारकर्मीहरूले अन्तरजातीय विवाहपछि प्रहरीले पटक–पटक पक्राउ गरी दुःख दिएको भनिएका सिरहाका सत्येन्द्र राम र नेहा रौनियारको जोडीका बारेमा आवाज उठाउँदै आएका छन् ।

दलितका लागि दलित अभियानले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व, देशका विभिन्न भूभागमा जातीय विभेद, हत्या, छुवाछूतलगायतका विषय सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ७ : १५ बजे

विप्लव भन्छन् : कम्युनिस्टबीचको एकता सकारात्मक, माओवादी केन्द्रसँग कुरा हुँदैछ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरूबीचको एकताको

स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित दुई जना पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख

एकताले अर्को विभाजनको डर, प्रचण्डले भने- कसैसँग एकीकरणको टुंगो भइसकेको छैन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले अहिले नै

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले भाग लिने

काठमाडौं- भारत र श्रीलङ्कामा आयोजना हुने पहिलो संस्करणको महिला दृष्टिविहीन

रुकुम पश्‍चिममा जीप दुर्घटना, कम्तीमा ८ यात्रुको ज्यान गयो

रुकुम : रुकुम पश्चिममा शुक्रबार एउटा जीप दुर्घटना हुँदा कम्तीमा