आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १३ गते मंगलबारको राशिफल


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १३ गते मंगलबार फागुन कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ। व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। दिन छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथी सकारात्मक भएकाले सोचेका काम सहजै बन्नेछन्।

मिथुन : धेरै बोल्ने बानीले पछुतो हुनेछ। आक्रोशमा निर्णय नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : तपाईंका लागि समय खराब आएको छ। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। राजनीतिक क्षेत्रमा गरेको तर्क असफल बनाउन साथी नै सक्रिय छन्। हरेक काममा बाधा भए पनि परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन मध्यम छ। एकल निर्णय नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : पढाइमा मन जानेछ। परीक्षाको नतिजाबाट मनमा हर्ष बढ्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारमा विवाद बढ्ने हुँदा व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ।

तुला : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले सचेत बन्नु उचित हुनेछ। शिक्षामा गरेको श्रमको फल प्राप्त हुनेछ। विपक्षी साथीले प्रशंसा गर्ने योग छ। परिवारसँगको सम्बन्ध यथावत रहनेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ। साना कुरामा अल्झिएमा ठुलो अवसर गुमाउनुपर्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खराब साथीहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको कर्मचारी भए तपाईंको बढुवा हुनेछ। शिक्षामा गरेको प्रयासमा थप मिहिनेतको आवश्यकता देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नुहोला।

कुम्भ : मध्यसाढेसाती दशाको प्राभाव रहेकाले साना कुराले मनमा झन्झट बढ्नेछ। लगानी गरेको सम्पत्ति नउठ्ने जोखिम छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन सहजै बित्नेछ।

मीन : आज आम्दानी बढ्ने दिन छ। बोलीकै कारण विवाद बढ्ने सम्भावना छ। गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : ०६ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि