माओवादीको तराई–मधेश अभियान टोली मोरङमा « Khabarhub

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत केन्द्रीय टोली आज मोरङ पुगेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका– ६ नर्सरीडाँडास्थित शहीद लक्ष्मी फुँयालको घरमा पुगेर शहीद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

शहीद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, शहीदको गाउँमा शहीद पार्क बनाउनुपर्ने सुझाव दिएका छन् ।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दैछ । जसअनुसार आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरिँदैछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : २६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना