कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो  | Khabarhub Khabarhub

कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारको १८ वटा पसलबाट १८ प्रकारका तरकारी परीक्षण गरेको थियो, जसमा पसल नम्बर ६१३ मा बिक्रीका लागि राखिएको धादिङबाट ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

यस विषादीको मात्रा अत्यधिक भएकाले उक्त काउलीलाई उपभोग अयोग्य घोषणा गरिएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र परीक्षण हुँदै आएको छ, र ३५ प्रतिशतभन्दा कम विषादी भएको फलफूल तथा तरकारी उपभोग योग्य मानिन्छ, भने ४५ प्रतिशतभन्दा बढी विषादी भएकोलाई खपतका लागि अयोग्य ठहरिन्छ।

समितिले सबै उपभोक्तालाई यस बारे सचेत गराउने र बजारमा स्वास्थ्यको दृष्टिकोणबाट सुरक्षित तरकारी बिक्रीको सुनिश्चितता गर्न पहल गर्ने बताएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ०७ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न