राष्ट्रपति पौडेलसँग एनसीसी प्रतिनिधिको शिष्टाचार भेट | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलसँग एनसीसी प्रतिनिधिको शिष्टाचार भेट


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
 
महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको ती देशको टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो ।
 
नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन ‘क्याडेट’बीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान  गर्दै आएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।
 
यस किसिमको युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
 
राष्ट्रिय सेवा दल (एनसीसी)बाट प्रदान गरिने तालिम प्रशिक्षणले युवाहरूलाई एकत्रित गरी बफादार, अनुशासित र जिम्मेवार नेतृत्वकर्ता तथा असल नागरिकका रूपमा रूपान्तरण गरिँदै आएको छ ।

एनसीसीले असल अभ्यासको आदान–प्रदानसहित युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।
 
यही फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको छ । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसीसीका महानिर्देशक गुरवीरपाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १ : ३५ बजे

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

धनुषाधाम–  तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका

भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा

बागमती– सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–काठमाडौँ सडक