प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो « Khabarhub

प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- प्रेम सम्बन्धबारे सुरू भएको उत्पन्न विवादले उग्र रुप लिँदा भएको झडपका क्रममा नवलपरासीमा २० जना घाइते भएका छन् ।

झडपका क्रममा एकजना गम्भीर घाइते भएका छन् । त्यसक्रममा आक्रोशित स्थानीयबासी प्रहरीको गाडी जलाइदिएका छन् । आगजनीबाट एउटा कवाडी सामानको गोदाम पनि जलेको छ ।

पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षका सदस्य भिडेका हुन् । झडपका क्रममा केटा पक्षले केटी पक्षका आफन्तको कवाडी गोदाममा आगो लगाइदिएका छन् ।

आगोले केटी पक्षका आफन्तको घर पनि जलेको छ। केटा र केटी पक्ष दुवैको घर एकै वडाको छोट्की कुश्मा गाउँमा अवस्थित छ ।

केटी पक्षका हजुरबुवा नाताका मोहरम पवरिया(मुसलमान) को घर बेलासपुरमा रहेको छ । केटा पक्षको समूहले मोहरमको बेलासपुरस्थित कवाडी गोदाम जलाइदिएको छ।

प्रेमसम्बन्धमा रहेका केटा र केटीको उमेर २० वर्ष छ । मबार साँझ केटाका भाइ बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितले कुटपिट गरेपछि विवाद चर्किएको थियो ।

कुटपिटको कारण सोध्दै केटा पक्ष मंगलबार बिहान मोहरमको घरमा पुगेपछि झडप सुरु भएको हो । केटी पक्षले घरको छतबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट जवाफ दिन थालेका थिए ।

मोहरमका छोरा सोवरातीले केटा पक्षमाथि ढुंगा हानेपछि भाग्ने क्रममा दुईजना घाइते भएका छन् । त्यसपछि आक्रोशित केटा पक्षले कवाडी गोदम जलाइदिएको हो ।

झडपका क्रममा भागिरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक छ ।

केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले बताए ।

दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार हुँदैछ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी पनि जलाएका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए ।

झडपका क्रममा अरु तीन सर्वसाधारण, इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका छन् ।

आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको छ अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ४५ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति