पूर्वराजालाई ठाकुर गैरेले भने- निरंकुश बन्दा राजतन्त्र ढल्यो, धेरै आँखा नचम्काउनू « Khabarhub

पूर्वराजालाई ठाकुर गैरेले भने- निरंकुश बन्दा राजतन्त्र ढल्यो, धेरै आँखा नचम्काउनू


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्रले शहीदहरूको अपमान गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले ७५औँ प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाद्वारा जारी भिडियो सन्देशले नेपाली समाजलाई तरंगित बनाएको टिप्पणी गरेका हुन् ।

‘पूर्व राजा ज्ञानेन्द्रबाट शहीदको अपमान भयो । प्रजातन्त्रप्रति विषवमनको कोसिस गरे । जननेता मदन भण्डारीले ०४६ सालको परिवर्तनलगत्तै ०४८ को निर्वाचनताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि भन्नुभएको थियो-महाराज हात नलम्काइबक्सियोस् । आँखा नझिम्काइबक्सियोस् । संविधानले, व्यवस्थाले दिएको आशनमा बस्नुहोस् । हामीलाई आपत्ति छैन । तर, संविधान उल्लंघनको कोसिस भए राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्ने छैन,’ उनले भने ।

२०४७ चैत ५ गते काठमाडौंमा आयोजित चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले सबैभन्दा चर्चित मन्तब्य दिएका थिए। उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच खोलेर चुनाव लडेर राजनीतिमा आउन चुनौती दिएका थिए ।

नेता गैरेले तत्कालीन राजा वीरेन्द्रकै गल्ती ज्ञानेन्द्रले गर्दा राजतन्त्र ढलेको जिकिर गरेका छन् । त्यसपछि राजा ज्ञानेन्द्रले संविधान उल्लंघनको कोसिस गरेको उनको भनाइ छ ।

‘संविधान नमान्ने, संविधानले दिएको अधिकार दुरुपयोग गर्ने । राजाले आफ्नो स्थानलाई अपमान गरे । निरंकुशता लाद्ने दलहरूलाई बन्देज लगाउने काम गरे । त्यसको परिणाम निरंकुश राजतन्त्र ढल्यो’, उनले भने, ‘२४० वर्षदेखिको राजाले गरिरहेको ब्रह्मलुट अन्त्य भयो । आज जनताले बोल्न, लेख्न पाउने, जनप्रतिनिधि चुन्न र चुनिन पाउने, आफ्ना जनतासँग चुनिएर राष्ट्रपति प्रधानमन्त्री हुन पाउने सुनिश्चित भएको छ । ’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ३ : ०९ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो