‘प्रदेश भवन ऐन, २०७६' संशोधन गर्न बनेको विधेयक पारित  | Khabarhub Khabarhub

‘प्रदेश भवन ऐन, २०७६’ संशोधन गर्न बनेको विधेयक पारित 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सो विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव माथि सभामुख सिर्जना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय’लाई दफावार छलफलका निम्ति विषयगत समितिमा पठाइएको छ । 

दफावार छलफलका लागि दुई वटा संशोधन प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएपछि खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले सो विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएपछि सभामुख दनुवारले पेश गरेको निर्णायार्थ सर्वसम्मतिले पारित गरेको हो ।

कोशी प्रदेशसभाका सदस्य डोल्मा तामाङ, इस्राईल मन्सुरी, खिनु लङवा लिम्बू, किशोचन्द्र दुलाल, निरन राई, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, कमला दर्नालले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रका समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए ।

 प्रदेशसभाको अर्को बैठक फागुन १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : २७ बजे

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको

किशोरीलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

काठमाडौं – एकजना १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा

चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या

काठमाडौं- चलचित्र विकास बोर्डको बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौं- ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका