प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ « Khabarhub

प्रचण्डको चुनौती- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्छ


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् । 

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मंगलबार मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभा सम्बोधनका क्रममा उनले जनताको संघर्षले प्राप्त गरेका अधिकारमा आँखा नलगाउन चेतावनी दिएका हुन् । 

गणतन्त्र प्राप्तिको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको आरोप लगाउँदै प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए । 

अध्यक्ष प्रचण्डले अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको स्वीकार गरे । कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने गरेको विगत स्मरण गर्दै उनले माओवादी सधैँ कमजोर हुने अवस्था अब आउन नदिने जिकिर गरे । 

अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग नभएर उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा संकल्पसहित जनतामा आएको पनि बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ४१ बजे

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष