प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र « Khabarhub

प्रमाणित दोषीलाई भिसा दिएको भन्दै अमेरिकी र अस्ट्रेलियाली दूतावासलाई चलाउनेको पत्र


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतबाट प्रमाणित दोषीहरूलाई भिसा दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अमेरिकी र अष्ट्रेलियन दूतावासलाई पत्र लेखेका छन् ।

चलाउनेले लेखेको पत्रमा हरिप्रसाद आचार्यलाई सन् २०२३ मा कीर्ते दस्तावेजको आधारमा भिजा दिइएको भन्दै राजदूत डीनआर थोमसनलाई पत्र लेखेका छन् ।

पत्रमा चलाउनेले सन २०२० अक्टोबर ६ मा आफूलाई मरणासन्न हनेगरि कुटपिट गरिएको खुलाएका छन् । आफूले राजनीतिक रुपमा संरक्षित गरिएका उनीहरूविरुद्ध आफूले विभिन्न माध्यमबाट हारगुहार गरिरहेको बताएका छन् ।

अमेरिकालाई प्रजातन्त्र, कानुनी शासन र मानव अधिकारको देश भन्दै न्यायको पक्षमा अपिल गर्नुपरेको चलाउनेले लेखेका छन् ।

अंग्रेजी भाषाको पत्रमा चलाउनेले भनेका छन्, ‘कुनै एक ठाउँमा अन्याय सबै ठाउँको अन्याय हो ।’

आचार्यकै जोडबल र आडमा आफूलाई सात जनाले रड र भाटाले कुटपिट गरेको त्यही समूहले त्रिभुवन विश्वविद्यालयमा ३४२ दिन ताला लगाएको चलाउनेले उल्लेख गरेका छन् ।

पत्रमा अदालतको फैसलाबाट दोषी करार आचार्यको तस्बिर पनि समेटेर पठाइएको छ । आचार्यविरुद्ध गम्भीर अपराधको मुद्दा चलिरहेको अवस्थामा भिसा दिइइको भन्दै चलाउनेले राजदूत थोमसनको ध्यानाकर्षण गराएका छन् ।

उनैले अस्ट्रेलिया पुगेका अर्का दोषीलाई दिइएको भिसाको कुरा लिएर राजदूत लिन जोन्स्टोनलाई पनि पत्र लेखेका छन् ।

सन् २०२४ डिसेम्बरमा लेखिएको पत्रमा निरज रानामगर अस्ट्रेलिया भागेको कुरालाई लिएर चलाउनेले ध्यानाकर्षण गराएका छन् ।

ज्यानै लिने नियतले आक्रमण गरिएको घटनामा संलग्न भनिएका मगर पनि सन २०२३ मै अस्ट्रेलिया पुगेको भन्दै उनले ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५८ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक