रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद « Khabarhub

रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो।

फागुन १ गतेदेखि हिजो सोमबार १२ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट  कागजात नभएको विभिन्न कम्पनीको १२ मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।

कागजात नभएका १२ वटा मोटरसाइकलको कुल ९ लाख ६० हजार मूल्यांकन गरी  मंगलबार गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

एसपी घिमिरेको निर्देशनमा रौतहटस्थित प्रहरीले चोरीको कागजपत्र नभएको मोटरसाइकल नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरेको छ।

अभियान अन्तर्गत प्रहरीले दर्जनौँ मोटरसाइकल बरामद गरी यसअघि भन्सारमा बुझाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ०० बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्