वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।

ललितपुर महाललक्ष्मी नगरपालिका-४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका-८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि उनीहरुको खोजीमा प्रहरी लागेको थियो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ३१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि