वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा एक करोड ४४ लाख ठगी, तीन जना पक्राउ


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का रहेका छन्।

ललितपुर महाललक्ष्मी नगरपालिका-४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका-८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि उनीहरुको खोजीमा प्रहरी लागेको थियो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ३१ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६