महोत्सवमा सुर्तीजन्य पदार्थ प्रचार गर्ने उत्पादकलाई स्वास्थ्य मन्त्रालयले कार्वाही गर्ने  « Khabarhub

महोत्सवमा सुर्तीजन्य पदार्थ प्रचार गर्ने उत्पादकलाई स्वास्थ्य मन्त्रालयले कार्वाही गर्ने 


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला महोत्सवमा आफ्नो प्रचार गर्ने सुर्तीजन्य पदार्थ उत्पादकलाई कारबाही गर्ने भएको छ ।

यस्तो कार्य गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

‘केही मेला महोत्सव, जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादकको संलग्न भएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, कानुन विपरीतका कार्य गर्नेलाई कारबाही हुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०६८ को दफा १० अनुसार उत्पादकलगायत कसैले पनि सार्वजनिक रूपमा प्रचार गर्न पाइँदैन । 

पत्रपत्रिका, रेडियो, टीभी, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्क्रिया, कार्यक्रममा यो ऐन लागु हुन्छ । त्यस्ता प्लेटफर्ममा होर्डिङ बोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह्वा कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण गर्न नपाइने ऐनमा उल्लेख छ । 

साथै, सुर्तीजन्य पदार्थको प्याकेजिङमा पछिल्लो पटक जारी भएको निर्देशिकाअनुसार गर्न उत्पादकलाई मन्त्रालयले अनुरोध गरेको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगहरूका कारण वार्षिक ३७ हजार बढी नागरिकको मृत्यु भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ४४ बजे

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न पर्याप्त स्रोतको आवश्यकता : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले सन् २०२६

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच