महोत्सवमा सुर्तीजन्य पदार्थ प्रचार गर्ने उत्पादकलाई स्वास्थ्य मन्त्रालयले कार्वाही गर्ने  « Khabarhub

महोत्सवमा सुर्तीजन्य पदार्थ प्रचार गर्ने उत्पादकलाई स्वास्थ्य मन्त्रालयले कार्वाही गर्ने 


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला महोत्सवमा आफ्नो प्रचार गर्ने सुर्तीजन्य पदार्थ उत्पादकलाई कारबाही गर्ने भएको छ ।

यस्तो कार्य गर्नेलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारबाही गरिने मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

‘केही मेला महोत्सव, जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादकको संलग्न भएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, कानुन विपरीतका कार्य गर्नेलाई कारबाही हुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा निषेध ऐन २०६८ को दफा १० अनुसार उत्पादकलगायत कसैले पनि सार्वजनिक रूपमा प्रचार गर्न पाइँदैन । 

पत्रपत्रिका, रेडियो, टीभी, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्क्रिया, कार्यक्रममा यो ऐन लागु हुन्छ । त्यस्ता प्लेटफर्ममा होर्डिङ बोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह्वा कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण गर्न नपाइने ऐनमा उल्लेख छ । 

साथै, सुर्तीजन्य पदार्थको प्याकेजिङमा पछिल्लो पटक जारी भएको निर्देशिकाअनुसार गर्न उत्पादकलाई मन्त्रालयले अनुरोध गरेको छ । 

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगहरूका कारण वार्षिक ३७ हजार बढी नागरिकको मृत्यु भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १ : ४४ बजे

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत