‘जनयुद्ध’लाई हिंसा भनेर बादलले सहिदको अपमान गरे : देवेन्द्र पौडेल | Khabarhub Khabarhub

‘जनयुद्ध’लाई हिंसा भनेर बादलले सहिदको अपमान गरे : देवेन्द्र पौडेल


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले ‘जनयुद्ध’लाई हिंसा भन्ने रामबहादुर थापाको अभिव्यक्ति स्वभाविक नभएको बताएका छन् ।

‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले सहयात्री रामबहादुर थापा‘बादल’ले न्यूनतम् नैतिक धरातलबाट तल झरेर ‘जनयुद्ध’बारे दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताएका हुन्।

उनले ‘जनयुद्ध’ हिंसा नभएको भन्दै परिवर्तनका लागि जनताले लडेको आन्दोलनका रुपमा ब्याख्या गरे।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वाग्रही ढंगबाट ‘जनयुद्ध’को अपमान गरेको पनि उल्लेख गरे ।

हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मूलआधार ‘जनयुद्ध’को विद्रुपीकरण हुनु दुर्भाग्य भएको उनले बताए ।

कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार रम्तेलकी आमालाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५८ बजे

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

धवलागिरिमा दुर्लभ पन्छी चिरकालिज भेटिएपछि संरक्षण अभियान

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा