बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १५ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्दशी उपरान्त औंसी तिथि। द्वापरयुगादी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २७ तारिख। विश्व गैरसरकारी संस्था दिवस । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ।

आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ३५ बजे

शिक्षकले सडकमा प्रदर्शन गर्दा सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– देशभरका शिक्षकहरू १७ दिनदेखि सडक आन्दोलनमा छन् । शिक्षक महासङ्घको

भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी

सुर्खेत– एक भारतीय नागरिक नेपालमा हराएकी छन् । भारतको राजिस्थान

बिस्का जात्राको अन्तिम दिन : हात नभएको लिङ्गो ढालियो

काठमाडौं– भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले

ट्रम्प व्यापारिक युद्धमोर्चामा, डब्लूटीओ मृत्युशैयामा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले सारा विश्वविरुद्ध एक्लै युद्ध

स्वर्णिम साहित्य सम्मान मान बज्राचार्यलाई, पुरस्कार सुसारालाई

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै