बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २४ पैसा र बिक्रीदर १३९ रुपियाँ ८४ पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपियाँ १३ पैसा र बिक्रीदर १४६ रुपियाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ०६ पैसा र बिक्रीदर १७६ रुपियाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ४५ पैसा र बिक्रीदर १५६ रुपियाँ १२ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ०५ पैसा र बिक्रीदर १०४ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ १२ पैसा र बिक्रीदर १३ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५९ पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९१ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ४० पैसा र बिक्रीदर ४५३ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपियाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३६३ रुपियाँ २२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ४८ बजे

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा