पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा  « Khabarhub

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

हिजो बेलुका ६ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा राति ९ बजे सकिएको थियो । यस्तै दोस्रो प्रहर पूजा राति १२ बजे, तेस्रो प्रहर पूजा बिहान ३ बजे र चौथो प्रहर पूजा बिहान ६ बजे सकिएको हो ।

सो अवधिमा जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेकलगायत पूजा गरिन्छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ । 

सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यवर्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिएको छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिएको छ । सो अवसरमा भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ०३ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता