प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो | Khabarhub Khabarhub

प्रचण्डले भने- हामीले गरेका सुधारकार्यको कार्यान्वयन सरकारले रोक्यो


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

देबानगन्ज– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरूको कार्यान्वयन यो सरकारले रोकिरहेको बताएका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्‍याउन गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए ।
 
अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यस पटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए  । 

उनले यी लगायत धेरै सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो सम्भव नभएको बताए । 

तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उनले लाखौँ जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताए । 

देबानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै यहाँका जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन गरेको बताए । 

मधेसको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उनले कृषि पेन्सन, कृषि बीमा, ठाउँ ठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए । 

अध्यक्ष प्रचण्डले उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरू अभियानमा आएको र यहाँबाट फर्केपछि थप कार्यक्रम तय गर्ने स्पष्ट गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : २३ बजे

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैँले निर्माण गर्ने

भक्तपुर– भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब

चीनले गर्‍यो दुई नयाँ उपग्रह प्रक्षेपण

चीन – चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको

विकास निर्माणका काममा दलहरू मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

कञ्चनपुर – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको

५५ वर्षीय ‘बुलेट आमा’लाई काठमाडौं महानगरको सम्मान

काठमाडौं– गुन्युचोली लगाएर बुलेट बाइकमा मेची–महाकाली यात्रा गर्ने ५५ वर्षीय

सुर्खेत गाडी दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा भएको गाडी दुर्घटना परेका