घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरू ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरू नियन्त्रण गरिने बताएका छन् । 

महान्यायाधिवक्ताको कार्यालयद्वारा बिहीबार आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताए । 

सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै ओलीले कार्यान्वयनको १० वर्ष पुगेको अवस्थामा संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताए ।

डिजिटल युगमा कुनै मुलुकको एक्लो प्रयासले अपराध नियन्त्रण प्रभावकारी नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान आवश्यक हुनेमा जोड दिँदै उनले डिजिटल प्रविधिको प्रयोग गरेर वा नगरेर अपराध हुन सक्ने र यसको अनुसन्धानका लागि विद्युतीय प्रविधि प्रयोगको सुविधाले अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आदान–प्रदान सहज हुने बताए । 

प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले मानिसलाई सहज र सरल बनाइ सुख सुविधा दिने भएकाले यसको दुरुपयोगका कारण सभ्य समाजका लागि अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै लोकतन्त्रमा सबै मानव जातिले सुविधा पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।

महान्यायाधिवक्ता रमेश बडालले आपराधिक घटनामध्ये डिजिटल प्रयोगबाट अपराध हुने क्रम बढ्दो रहेको र सामाजिक सञ्जाल दुरुपयोगका साथै डिजिटल ठगी, वित्तीय अपराध तथा डाटा सुरक्षा चुनौतीपूर्ण भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, अन्तर्राष्ट्रिय अभियोजकहरुको संस्थाका जेनरल कन्सुल शेनेज मुजाफ्फरलगायत सहभागी थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : २२ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना