इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै « Khabarhub

इजरायलको जेलबाट छुटे ६ सय २५ जना प्यालेस्टाइनी, गाजाक्षेत्रमा उत्सव मनाइँदै


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

गाजाक्षेत्र- हमासले चारजना बन्धकको शव फिर्ता गरेपछि इजरायलले प्यालेस्टाइनका ६ सय नागरिकलाई रिहा गरेसँगै उत्सवको माहोल बनेको छ ।

चार बन्धकको शव इजरायल फिर्ता पठाएपछि इजरायलले प्यालेस्टाइनी कैदी छाड्ने क्रममा अघि बढाएको हो ।

वेस्ट बैंकबाट छोडिएका प्यालेस्टाइनी कैदीहरूको तस्बिर सार्वजनिक भएको छ । ती तस्बिरमा इजरालयको जेलबाट निस्किएका आफन्त पर्खिएका हजारौँ प्यालेस्टाइनी उत्सव मनाउँदै गरेको अवस्थामा देखिएका छन्।

ती प्यालेस्टाइनी नागरिकलाई इजरायलले कुन अपराधमा कति वर्षका लागि जेलमा राखेको थियो भन्ने खुल्न सकेको छैन । ६ सय जना रिहा गर्ने भनिए पनि अहिलेसम्म कतिलाई जेलबाट छाडियो भन्ने खुलेको छैन । तर अहिले प्यालेस्टाइनमा उत्सवको अवस्था बनेको छ।

इजरायलले रिहा गरेका कैदीहरूलाई वेस्ट बैंकको रामाल्लाह कल्चरल प्यालेसमा लगिएको छ । जहाँ प्यालेस्टाइनीहरूको ठूलो समूह उनीहरूको प्रतिक्षामा थियो । त्यहाँ उपस्थित अन्यले रिहा गरिएका केही कैदीहरूलाई काँधमा बोकेर घुमाएका थिए ।

समाचार अनुसार बिहीबार रातिसम्म इजरायलको जेलबाट कम्तीमा पनि ६२५ जना कैदी बन्दीलाई रिहा गरिनेछ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जेलबाट रिहा गरिएपछि रेडक्रसकर्मीले चलाएका बसमा हालेर प्यालेस्टाइनको क्षेत्रमा पुर्‍याइएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : २५ बजे

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका