अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने | Khabarhub Khabarhub

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेनसी – अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ।

फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्‍याएको छ ।   

अस्ट्रियाको पहिलो अति दक्षिणपन्थी नेतृत्वको सरकारबारे एफपीओई र ओईभीपीबीच भएको वार्ता यसै महिना टुटेको थियो ।

गत जनवरीमा सरकार गठनको पहिलो प्रयास असफल भएपछि ओईभीपी, सोसल डेमोक्र्याट्स (एसपीओई) र उदारवादीहरूले पुनः गठबन्धन वार्ता  सुरु गरेका थिए ।

ओईभीपीका नेता क्रिश्चियन स्टकरले एसपीओई र उदारवादीहरूसँग ‘साझा कार्यक्रम’ सहमति भएको र बिहीबार प्रस्तुत गरिने बताए। 

‘पछिल्ला दिनहरूमा साझा कार्यक्रमका लागि दिनरात काम भइरहेको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

देशको आधुनिक इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार नभएको अवस्थामा राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले पार्टीका नेताहरूलाई छिटो सम्झौता गर्न आह्वान गरेका थिए ।

करिब ९० लाख जनसङ्ख्या भएको देशमा सन् १९८७ देखि शासन गर्दै आएको ओईभीपीले यसअघि नै एसपीओईसँग कैयौँ पटक सरकारमा सहकार्य गरिसकेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : २७ बजे

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर