अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने « Khabarhub

अस्ट्रियामा कन्जर्भेटिभ नेतृत्वको गठबन्धन सरकार बनाउने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेनसी – अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ।

फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्‍याएको छ ।   

अस्ट्रियाको पहिलो अति दक्षिणपन्थी नेतृत्वको सरकारबारे एफपीओई र ओईभीपीबीच भएको वार्ता यसै महिना टुटेको थियो ।

गत जनवरीमा सरकार गठनको पहिलो प्रयास असफल भएपछि ओईभीपी, सोसल डेमोक्र्याट्स (एसपीओई) र उदारवादीहरूले पुनः गठबन्धन वार्ता  सुरु गरेका थिए ।

ओईभीपीका नेता क्रिश्चियन स्टकरले एसपीओई र उदारवादीहरूसँग ‘साझा कार्यक्रम’ सहमति भएको र बिहीबार प्रस्तुत गरिने बताए। 

‘पछिल्ला दिनहरूमा साझा कार्यक्रमका लागि दिनरात काम भइरहेको छ,’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

देशको आधुनिक इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार नभएको अवस्थामा राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले पार्टीका नेताहरूलाई छिटो सम्झौता गर्न आह्वान गरेका थिए ।

करिब ९० लाख जनसङ्ख्या भएको देशमा सन् १९८७ देखि शासन गर्दै आएको ओईभीपीले यसअघि नै एसपीओईसँग कैयौँ पटक सरकारमा सहकार्य गरिसकेको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : २७ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको