नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने | Khabarhub Khabarhub

नेपाललाई बहुल राष्ट्रिय चरित्रको बनाउन राजेन्द्र महतोले आन्दोलन गर्ने


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन् ।

यही सात सकिएको पार्टी केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरूमा एकल नश्लीय चरित्र देखापरेको महतोले बताए। उनले अब बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन् ।

आन्दोलनका लागि समान धारणा र बिचार मिल्ने पार्टी र संगठनहरूसँग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको उनले बताए ।

उनले कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख रहेकाले देशलाई वैकल्पिक शक्ति आवश्यक रहेको धारणा राखे ।

अध्यक्ष महतोले देशमा विभिन्न स्थानमा देखिएका समस्या समाधान गर्नुको साटो राज्यले अध्यधिक दमन गरेर समूदायबीच नै विभाजन पैदा गर्न खोजेको तर्क गरे ।

पाथीभरा केबलकार निर्माणका क्रममा भएको विवादमा राज्यको दमन स्वीकार्य नभएको भन्दै महतोले सरकारको रवैयाविरुद्ध संघर्षमा आउन आह्वान गरे ।

बैठकले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई १५ दिनभित्र सम्पत्ति विवरण भरेर केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकबाट भएको भएको अध्यक्ष महतोले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : ३३ बजे

शिक्षामन्त्रत्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट