मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै « Khabarhub

मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन् ।

गत बिहीबार सुरु भएको १५ दिने परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन भारत मधुवनीको कलनामा रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन् ।

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागत सत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीबासी जुटेका छन् ।

मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ । जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन् ।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ । त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास कोषका साथै विश्रामस्थलमा सम्बन्धित स्थानका सामाजिक सङ्घसंस्था तथा व्यक्तिले गच्छेअनुसार सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ८ : ३८ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं