आज २०८१ साल फागुन १६ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल फागुन १६ गते शुक्रबारको राशिफल


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १६ गते शुक्रबार फागुन शुक्ल पक्षको औंसी उपरान्त प्रतिपदा तिथि। ग्याल्पो ल्होसार। तदनुसार सन् २०२५ फेब्रुअरी २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ। आम्दानीका स्रोतसँगै खर्च पनि बढ्नेछ। धार्मिक क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार भए पनि राजनीतिक क्षेत्रमा भय बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : गुरुको साथ मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। मानसम्मान बढ्ने दिन छ। अपेक्षा अनुसार बन्धुको साथ मिल्नेछ। परिवारको तर्फबाट मन अशान्त बन्नेछ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मिथुन : बोल्दा सचेत नबन्दा आफ्नै बोलीले अप्ठेरो परिस्थिति बन्नेछ। भाग्य बलियो भएकाले सोचेको काम बन्नेछ। आफ्नो क्षमता पहिचान गर्न नसक्दा संकट पर्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन राम्रो छ। औषधी नियमित नहुँदा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँग रमाइलो घुमघाम तय हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

कन्या : दिन सहज नभएकाले थोरै बोल्नु उचित हुनेछ। राम्रो कामको जस अरुले लिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। समाजका गल्तीको भागिदार बन्नुपर्ने भएकाले मन अशान्त बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

तुला : दिन राम्रो छ। सहजै काम बन्नेछ। राज्यको जिम्मेवारी प्राप्त हुनेछ। राज्यका लागि सेवा गर्ने महत्त्वपूर्ण अवसर मिल्नेछ। विपक्षी साथीले प्रशंसा गर्नेछ। परिवारमासमेत रमाइलो वातावरण बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानी सफल हुनेछ। खुट्टा तान्ने साथीसँग गोपनीयता भंग भएमा घाटा हुनेछ। परिवारसँग सल्लाह गरेर गरेको कामले मनमा उत्साह बढ्नेछ।

धनु : सहकर्मीसँगको सहकार्यले दिन सहज बन्नेछ। औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। परिवारलाई विश्वास गर्दा धोका हुनेछ। कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : चिट्ठामा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको साहसले तपाईंको उचाइ बढ्नेछ। बौद्धिक साथीले प्रशंसा गर्ने हुँदा शिक्षाको क्षेत्रमा हिम्मत गर्नु उचित हुनेछ।

कुम्भ : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खर्च बढ्नेछ। मानसम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा नम्रता आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खर्च बढ्ने छ। खर्च कटौती गर्नुपर्ने समय छ। राम्रो बोले पनि विरोध हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्राको सुरुवात गरेमा सफल बन्नेछ। गुरुको सल्लाहले परिवारमा शान्ति मिल्नेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ०९ बजे

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक   

काठमाडौं– राप्रपा नेपालले केन्द्रित कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’

काठमाडौं– भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार

कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान

काठमाडौं– राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब