पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ? « Khabarhub

पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ?


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक समारोह आयोजना भएको थियो । उक्त गीत सार्वजनिक कार्यक्रममा भूकम्पको चर्चा भएको थियो ।

कारण– यस फिल्मको पहिलो श्रृङ्खला ‘रेशम फिलिली’ प्रदर्शनमा आएको भोलिपल्ट नेपालमा महाभूकम्प गएको थियो । यो वि.सं २०७२ वैशाखको कुरा हो । उक्त महाभूकम्पले यस फिल्मको व्यापारमा पनि प्रभाव पारेको थियो ।

त्यहीकारण ‘रेशम फिलिली’को कुरा हुँदा भूकम्प पनि जोडिएर आउँछ । फिल्मीवृत्तमा ‘रेशम फिलिली’ले भूकम्प ल्याउँछ भन्ने ठट्यौली चर्चित छ ।

‘फेरि रेशम फिलिली’ कुरा हुँदा फिल्मीवृतमा अधिकांशले भन्ने गर्थे, ‘फेरि भूकम्प आउने हो कि ?’

यस फिल्मको गीत सार्वजनिक कार्यक्रममा पनि त्यही भयो । फिल्मका नायक विनय श्रेष्ठलाई सोधिएको थियो, ‘फेरि यो फिल्मले भूकम्प त ल्याउदैन ?’ विनयको जवाफ थियो, ‘नो कमेन्ट’ ।

भूकम्पको प्राकृतिक विपत्ति हो । यसको आफ्नै समय छ । जुन पत्ता लगाउने विषय वैज्ञानिकहरूका लागि पनि चुनौतीको विषय छ । कुनै फिल्म प्रदर्शनमा आउँदा भूकम्प जाने भन्ने हुँदैन ।

तर, संयोग भने कुनै बेला रोचक पर्न जान्छ । रेमश फिलिलीको हकमा भूकम्पको संयोग पर्ने गरेको छ ।

पहिलो श्रृङ्खलका प्रदर्शनमा आएको भोलिपल्ट ७ दशमलव ९ म्याग्निच्युटको महाभूकम्प गयो । अहिले दोस्रो श्रृङ्खला प्रदर्शनमा आएको पर्सिपल्ट ६ दशमलव १ म्याग्निच्युट भूकम्प गयो ।

आज बिहान अर्थात् शुक्रबार गएको भूकम्पलाई फिल्मसँग जोडेर सामाजिक सञ्जालमा रमाइला टिप्पणी सुरु भएका छन् । केही कलाकारले समेत यो संयोगलाई लिएर प्रतिक्रिया दिएका छन् ।

कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेमश फिलिली र भुँइचालोको के सम्बन्ध हो ? पहिलो पनि वैशाख ११ गते फिल्म चल्यो १२ गते हल्लाएको थियो त ।’

भूकम्पबारे फिल्मका कलाकारसमेत रहेका मेक्सम गौडेलले लेखेका छन्, ‘यो फिलिली भन्ने फिल्मको कलब्याक हो रे !’

सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत भूकम्प र फिल्मको संयोगलाई लिएर रोचक टिप्पणी गरिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : २२ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार