प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली ! | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्- माओवादी मात्रै सक्कली मधेशवादी पार्टी, अरू सबै नक्कली !


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

राजविराज (सप्तरी)- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै भएको बताएका छन् । उनले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा पनि माओवादीले लिने बताए ।

‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तर्किया उनले यस्तो बताएका हुन् ।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको जिकिर गरे । उनले अब वास्तविक मधेशवादी दल माओवादीसँग जोडिनुपर्ने बेला आएको बताए ।

आफूलाई मधेशवादी भन्ने दलहरू जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।

मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने मान्यतासहित माओवादीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर ‘जनयुद्ध’ थालनी गरिएको उनले बताए ।

प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेशका सहिदसहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबैका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता जनाए ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डको जिकिर थियो ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उनले उल्लेख गरे ।

माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित नभएमा प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने उनको दाबी थियो ।

राजनीतिक दलकोतर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्गकेन्द्रित राजनीतिक अभियान सुरु गरेको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यहाँका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  २ : ०४ बजे

सिरहामा सत्तरी लाख खर्चेर ‘डिप बोरिङ’

सिरहा– खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा ७० लाख

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया

अन्तिम समयमा उम्मेदवार छनौट गर्ने परम्परा अन्त्य गर्नुपर्छ : कल्याण गुरूङ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले तीनवटै तहमा

प्रि–ओपन सेसन अपडेट : झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३१ अंकले बढेको