गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ | Khabarhub Khabarhub

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन् । 

शुक्रबार काठमाडौंमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दाबी गरेका हुन् ।

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरूलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए । 

उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । उनले शिक्षा विधेयकलाई समयमा नै पारित गरी शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताए ।  

मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाइ भएकाले निश्चित समयवधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरी काम गर्ने धारणा राखे । 

उनले नीजि वा आवासीय विद्यालयका कारण सार्वजनिक वा सामुदायिक विद्यालयको गुणस्तर नघट्ने जिकिर गरे । 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ४ : ५३ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न