पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

चालिस भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताए  ।

घटना लगत्तै मोटरवे प्रहरीसहितको आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेको उनले थपे ।

‘घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको हो ।’ साथै, अधिकारीहरूले पल्टिएको बसलाई सीधा गर्न क्रेन प्रयोग गरिएको जानकारी दिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ ।
 

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : १६ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको