‘राम्रो काम गरेकैले कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी भएको हो’ « Khabarhub

‘राम्रो काम गरेकैले कांग्रेस नेपालको सर्वश्रेष्ठ पार्टी भएको हो’


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै आधारमा नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने जिकिर गरे।

शुक्रबार नेपाली कांग्रेस नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले नुवाकोट लगायत देशभर कांग्रेस नेतृत्वमै धेरै विकास भएको स्मरण गराउँदै आगामी निर्वाचनमा नुवाकोटबाटै प्रत्यक्ष निर्वाचन लड्ने घोषणा समेत गरे ।

‘नुवाकोटबाटै प्रत्यक्ष चुनाव लड्छु’

महतले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गरे। “मैले प्रत्यक्ष चुनाव नलडेर पनि नुवाकोटमा धेरै विकासका काम गरेँ। अब आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्नेछु,” उनले घोषणा गरे।

उनले कांग्रेस पार्टी कुरामा भन्दा काममा विश्वास राख्ने दल भएको उल्लेख गर्दै, पार्टीका नेता कार्यकर्तालाई कांग्रेसका उपलब्धिहरू प्रचार गर्न पनि आग्रह गरे ।

‘कांग्रेस एमाले गठबन्धन देशका लागि आवश्यक’

प्रवक्ता महतले वर्तमान सत्तारूढ गठबन्धन माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्रकै कारण बनेको आरोप लगाए। उनले भने, “कांग्रेस–एमाले गठबन्धनको सरकारले देश र जनतालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ।”

उनले राजनीतिमा स्थायित्व, विकास र समृद्धिका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै कांग्रेसकै अगुवाइमा देशले स्थिरता र आर्थिक प्रगति हासिल गर्ने दाबी गरे। प्रवक्ता महतको नुवाकोट प्रत्यक्ष निर्वाचनको घोषणाले आगामी निर्वाचनमा नुवाकोट कांग्रेसमा नयाँ आयाम थपिने सम्भावना रहेको आङ्कलन गरिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ०६ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि