पाथीभराबारे कांग्रेसको निष्कर्ष- ‘नो केबलकार’मा सहमति हुन सक्दैन « Khabarhub

पाथीभराबारे कांग्रेसको निष्कर्ष- ‘नो केबलकार’मा सहमति हुन सक्दैन


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारूढ नेपाली कांग्रेसले ताप्लेजुङको प्रसिद्ध धाम पाथीभरा मन्दिरसम्म जानका लागि निर्माणाधीन केबलकारबारे देखिएको विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारीले बैठकले ‘नो केबलकार’ भन्ने कुरामा कांग्रेसको सैद्धान्तिक सहमति नरहेको निष्कर्ष निकालेको हो ।

तर अहिले देखिएको विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा बैठकले जोड दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे

आन्दोलनकारी पक्षसँगको वार्ता निष्कर्षमा नपुगेसम्मलाई निर्माणकार्य स्थगित गर्ने सरकारको कदम स्वागतयोग्य रहेको पनि घिमिरेले बताएका छन् ।

त्यस्तै बैठकमा निर्वाचनसम्बन्धी विधेयक, राजनीतिक दलसम्बन्धी विधेयक र संसद्‍मा अड्किएका ६ वटा अध्यादेशका बिषयमा पनि छलफल भएको उनले बताएका छन्। विधेयक निर्माणको काम सुस्त देखिएकाले तीव्रता दिनेबारे पनि छलफल भएको घिमिरेले बताएका छन् ।

त्यस्तै आसन्न स्ववियु निर्वाचनमा पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई बलियो उपस्थिति गराउने बिषयमा पनि छलफल भएको घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी