हाइब्रिड मोडलमा पाकिस्तान र युएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट जारी छ। सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागि सकेको छ। भारत, न्युजिल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्।
अन्तिम टोली दक्षिण अफ्रिका नै हुने सम्भावना प्रबल छ। यस पटक सेमिफाइनल प्रवेश गरे पनि या नगरे पनि सबै भन्दा चर्चामा रहेको टोली अफगानिस्तान हो।
अफगानिस्तानको पछिल्लो विश्व क्रिकेटमा त्यत्ति धेरै उपस्थिति छैन। तर यो टोलीले विभिन्न समयमा उत्कृष्ट भनिएका टोलीलाई हराउँदै आएको छ। च्याम्पियन्स ट्रफीमा इंग्ल्यान्डसँगको खेलमा जित हात पारेपछि अफगानिस्तान चर्चामा छ।
अफगानिस्तानको पछिल्लो विश्व क्रिकेटमा त्यत्ति धेरै उपस्थिति छैन। तर यो टोलीले विभिन्न समयमा उत्कृष्ट भनिएका टोलीलाई हराउँदै आएको छ। च्याम्पियन्स ट्रफीमा इंग्ल्यान्डसँगको खेलमा जित हात पारेपछि अफगानिस्तान चर्चामा छ।
अफगानिस्तानको यात्रामा सबै भन्दा बढी चर्चामा रहेका खेलाडी इब्राहिम जर्दान रहे। उनले इंग्ल्यान्डविरुद्धको खेलमा १७७ रनको पारी खेले। यो स्कोर च्याम्पियन्स ट्रफीको मात्र उत्कृष्ट स्कोर होइन। अफगानिस्तानका ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेको सबै भन्दा ठुलो स्कोर हो।
यस अघि पनि सो कीर्तिमान उनकै नाममा थियो। उनले श्रीलंकाविरुद्ध २०२२ मा १६२ रन प्रहार गरेका थिए। इंग्ल्यान्डसँगको खेलमा उनले १२ चौका र ६ छक्का प्रहार गरे। इंग्ल्यान्डसँगको खेल आइसिसीको प्रतियोगितामा अफगानिस्तानको उच्च स्कोर हो। यसअघि अफगानिस्तानले सन् २०२३ मा अस्ट्रेलियासँग ५ विकेटको क्षतिमा २९१ रन जोडेको थियो।
अस्ट्रेलियासँग जितको नजिक पुगिसकेको सो खेलमा ग्लेन म्याक्सवेलले दोहोरो शतक प्रहार गर्दै अफगानिस्तानको हातबाट नै जित खोसेको घटना धेरैका लागि यादगार नै छ। सोही खेलमा म्याक्सवेलको सनदार पारीका कारण जर्दानले अविजित १२९ रन प्रहार गरे पनि त्यो छायामा परेको थियो। त्यसै पारीका साथ उनी विश्वकपमा सशक प्रहार गर्ने पहिलो अफगान खेलाडी समेत बनेका थिए।

इब्राहिम जर्दान ।
जर्दान भन्दा अघि च्याम्पियन्स ट्रफीमा एकल पारीमा सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडीको कीर्तिमान बेन डकेटको नाममा थियो। यसै संस्करणको अस्ट्रेलियासँगको खेलमा उनले १६५ रन प्रहार गरेका हुन्। संयोग मान्नुपर्छ। डकेटको उत्कृष्ट पारीका बाबजुद इंग्ल्यान्ड सो खेलमा पराजित भएको थियो। साथै इङ्लिस टोली प्रतियोगिताबाट बाहिरिएको छ।
यस प्रतियोगिताको पूर्व सन्ध्यामा नै डकेटलाई छाउन सक्ने ब्याट्सम्यानको सूचीमा धेरै पण्डितहरूले राखेका थिए। त्यसो त अफगानिस्तानसँग पराजित भएको खेलमा पनि डकेटले ३८ रन प्रहार गरेका थिए।
प्रति बल रन भन्दा बढीको रफ्तारमा ब्याटिङ गर्ने भएका कारण नै डकेटलाई हाइ स्कोरिङ खेलका लागि विशेष नै मान्ने गरिन्छ। इंग्ल्यान्ड कमजोर टोलीका रूपमा भने प्रतियोगितामा सहभागी भएको थिएन। मध्य क्रममा समेत हेरी ब्रुक, जोए रुट र जोस बटलर भएका कारण डकेटलाई सुरुवातदेखि नै खुलेर ब्याटिङ गर्ने मौका थियो। डकेटको यसै विशेषताका कारण नै इंग्ल्यान्डले दुवै खेलमा ३०० रनको आँकडा पार गरेको थियो।

यसै प्रतियोगितामा छाएका अर्का खेलाडी रेन रिकेल्टन पनि हुन्। रिकेल्टन पछिल्लो समय तीनै संरचनाको क्रिकेटमा आफूलाई त्यस अनुसार ढाल्न सफल ब्याट्सम्यानको रूपमा स्थापित छन्।
वर्षको सुरुवातमा नै उनले पाकिस्तानसँगको शृङ्खलामा आफूलाई संसारको उत्कृष्ट टेस्ट ब्याट्सम्यानको रूपमा चर्चा बटुलेका थिए। उनले २५९ रन प्रहार गरेका थिए। पछिल्लो समय दक्षिण अफ्रिकामा लामो समय खेल्न सक्ने टेस्ट ब्याट्सम्यान नभएको आरोप लागेको थियो। यसका बाबजुद उनी सहितको दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिपको लागि खेल्ने भइसकेको छ। त्यसको लगत्तै घरेलु टी–२० लिगमा उनले ३९ बलमा ८९ रन प्रहार गर्दै एमआई केपटाउनलाई पर्ल रोयल्ससँगको खेलमा जित दिलाएका थिए।

यस पटक उनले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा नै अफगानिस्तानसँग शतक प्रहार गरे। १०६ बलमा १०३ रन प्रहार गरेका उनी दुर्भाग्यपूर्ण ढङ्गले रन आउट भएका थिए। दक्षिण अफ्रिकाको दोस्रो खेल भने वर्षाका कारण अवरुद्ध भएको थियो। क्विन्टन डी ककपछि दक्षिण अफ्रिकाले भरपर्दो ओपनर पाएको समेत आभास गरेको छ।
च्याम्पियन्स ट्रफीमा निर्विवाद एउटा नायक भने शुभमनि गिल हो। प्रतियोगिताको परिणाम जे भए पनि साँचो हो भने अहिले भारतीय टोलीमा शीर्ष क्रममा ब्याटिङको मौका पाउन धेरै कठिन छ।
कुनै समय संसारका शीर्ष ब्याट्सम्यानको रूपमा परिचित शुभमन गिलको फर्ममा धेरै आरोह अवरोह आएको थियो। गिलको यसै आरोह र अवरोहका माझमा भारतमा अन्य धेरै खेलाडी स्थापित भएका थिए। यसबिचमा पनि टोलीमा अटाएका गिलले च्याम्पियन्स ट्रफीमा भने आफूलाई फेरि स्टारको रूपमा स्थापित गरिरहेका छन्। २२९ रनको झिनो लक्ष्य पाएको भारतलाई जिताउने क्रममा गिलले १२९ बलमा अविजित रहँदै १०१ रन प्रहार गरेका थिए। पाकिस्तानसँगको खेलमा भने उनले ४६ रन प्रहार गरे।

पूर्व दक्षिण अफ्रिकी स्टार तथा प्रशिक्षकको रूपमा भारतलाई विश्वकप दिलाएका गेरी क्रिस्टनले त गिलको शैलीको खुलेर प्रशंसा गरेका छन्। उनले गिललाई हरेक पिचमा परिस्थिति अनुसार आफूलाई ढाल्न सफल उत्कृष्ट खेलाडीको रूपमा व्याख्या गरेका छन् ।
यस च्याम्पियन्स ट्रफीमा धेरै शतक प्रहार भए। अहिलेसम्मकै च्याम्पियन्स ट्रफी मध्य सबै भन्दा धेरै वर्षा तगारो हुने सम्भावना पनि यस पटक नै देखियो। भारत र पाकिस्तानको राजनीति विवादमा छायामा पनि यो प्रतियोगिता रहेको छ। यसका बाबजुद रिकेल्टन, डकेट, जर्दान र गिलको ब्याटिङ विशेष बनेको छ।
स्रोतः क्रिकइन्फो, क्रिक बज र आइसिसी
प्रतिक्रिया