जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान  « Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘बैठकमा गत भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने छ ।’

उक्त बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेण्डामा बैठक केन्द्रित रहने बस्नेतले बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १२ : ३४ बजे

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ

चीनको नयाँ अन्तरिक्ष यात्रा

एजेन्सी– चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार

काठमाडौं उपत्यकासहित देशभर बढ्यो गर्मी

काठमाडौं– केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको