विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना « Khabarhub

विपन्न परिवारका लागि पाकिस्तान सरकारको सहायता योजना


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शनिबारबाट सुरु हुने रमजान पर्व अघि विपन्न परिवारहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (लगभग ७१.५ मिलियन अमेरिकी डलर) को विशेष रमजान प्याकेज सुरु हुने घोषणा गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रमजानको पहिलो १० दिनमा वितरण गरिने यस प्याकेजबाट करिब ४० लाख योग्य परिवारले राहत पाउने बताए।

मुलुकभरका ४० लाख योग्य परिवारमा द्रुत रूपमा रकम हस्तान्तरण गर्ने उनले बताए। उनले सहुलियत दरमा चिनी उपलब्ध गराउन देशभर ६ सय स्टल समेत स्थापना गरिएको बताए।

‘गत वर्षको तुलनामा यस वर्षको रमजानमा मुद्रास्फीतिमा उल्लेख्य कमी आएको उल्लेख गर्दै सरिफले उपभोग्य वस्तुको मूल्य घटाउनुका साथै पाकिस्तान सरकारले गरिब परिवारका लागि पवित्र महिनामा राहत रकम बढाएको हो ।’

प्रधानमन्त्रीले यस महान् कार्यमा सहयोगका लागि विदेशी साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूको प्रतिबद्धता र बहुमूल्य योगदानको कदर गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ३५ बजे

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन रुलिङको माग

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सांसदहरूसँगको

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५