स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड तालिकाको शीर्ष स्थानमा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा उक्लने क्रममा एट्लेटिको म्याड्रिडले शनिबार राति एथलेटिक क्लबलाई १-० ले हराएको हो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको म्याड्रिडलाई जित दिलाउने क्रममा जुलियन अल्भारेजले सिजनको व्यक्तिगत १० औँ गोल गरे। उनले खेलको ६६ औँ मिनेटमा मार्कोस लोरेन्टेले उपलब्ध गराएको बललाई शानदार ढङ्गले गोलमा परिणत गरेका थिए।

एट्लेटिको जित सहित शीर्ष स्थानमा उक्लनु केही समय अघि रियल म्याड्रिडले हारको सामना गरेको थियो। स्पेनिस ला लिगाका अन्य खेलमा गिरोना र सेल्टा भिगो बिच २-२ गोलको बराबरी भयो भने रायो भल्कानो र सेभियालेसमेत १-१ को बराबरी खेले।

शीर्ष स्थानको एट्लेटिकोको ५६ अंक छ। बार्सिलोना र रियल म्याड्रिडको ५४ अंक छ। बार्सिलोनाले एक खेल कम खेलेको छ। एथलेटिक क्लब भने ४८ अंकसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ५५ बजे

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने