अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ : मुख्यमन्त्री आचार्य | Khabarhub Khabarhub

अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ : मुख्यमन्त्री आचार्य


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन् । 

प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ ।

बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको हुनसक्ने तथापि, अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उनले उल्लेख गरे । 

उनले अनुसन्धान प्रक्रियालाई अझ परिष्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । ‘प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ ।

अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ’, उनले भने, ‘प्रहरीले अध्ययन, अनुसन्धानका लागि प्रविधिको प्रयोग बढाउन जरुरी छ ।’

लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए । 

सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो । 

लागूऔषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

उनले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए  । 

कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसान मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए ।

गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारी, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखको उपस्थिति छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिने जनाइएको छ । 

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेरसिंह कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीलगायतको उपस्थिति छ ।
 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : ३३ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी