फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र  « Khabarhub

फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र 


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई पत्र पठाएको छ । पालिकाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको हो । 

परापूर्वकालमा उत्खनन  गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन् ।

हालसम्म पनि देखे सुनेका व्यक्तिहरूले औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ । पालिकाका ४, ५ र ६ नम्बर वडामा फलाम खानीको सम्भावना रहेको छ । 

गाउँपालिकाले फागुन १८ गते पत्र पठाएकोमा मन्त्रालयले सोही दिन दर्ता गरेको छ । दर्ता नम्बर १६७ मा दर्ता पत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सचिवलाई आवश्यक पक्रिया अघि बढाउन तोकादेशसमेत गरिसकेका छन् । 

फलाम आनी उत्खनन  गर्न सके हजारौँको रोजगारी र विदेशबाट आउने फलाम नेपालमै उत्पादन गरी आर्थिक वृद्धि गर्न सकिने विश्वास गाउँपालिकाको छ । गाउँमा मानाकोटे धन, साबल, तावा, बन्चरा सहितका औजार सामाग्री हालसम्म पनि प्रयोगमा रहेको अवस्था छ । 

पालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यही अनुहार नै मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट र विज्ञको माग गरेका छौँ, अध्यक्ष रोकायाले भने । उनका अनुसार मानाकोट क्षेत्रमा फलाम खानी रहेको दाबी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : २९ बजे

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

तेहरान – इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार

कञ्चनपुरमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका

‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले