‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोदको नयाँ फिल्म ‘अभिमन्यु’ घोषणा | Khabarhub Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोदको नयाँ फिल्म ‘अभिमन्यु’ घोषणा


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको सबैभन्ढी बढी व्यापार गर्ने ‘फिल्म पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।

निर्माता पौडेलले आइतबार सामाजिक सञ्जालमार्फत नयाँ फिल्म निर्माण र त्यसको प्रदर्शन मिति साउन २४ गते तय भएको जानकारी दिएका हुन् ।

निर्माण पक्षका अनुसार यो हिन्दी र नेपाली भाषामा निर्माण हुने बताइएको छ ।

यस फिल्मका लागि कलाकारहरु चयन अझै बाँकी छ । निर्माता पौडेलका अनुसार फिल्ममा यस क्षेत्रका गुमनाम र नयाँ अनुहारलाई प्राथामिकतामा राखेर कलाकार चयन गरिनेछ ।

निर्माता पौडेलले फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । पोस्टरमा च्रकव्यूह र उडिरहेको पैसालाई देख्न सकिन्छ । पोस्टरले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट उम्किन खोज्ने पात्रको कथामा फिल्म निर्माण हुने बुझ्न सकिन्छ ।

यद्यपि निर्माण पक्षले कथावस्तुबारे र छायाङ्कनबारे जानकारी दिएको छैन फिल्मको सुशान्त गौतमले निर्देशन गर्दैछन् ।

यस फिल्मका लेखक मुकेश खनाल हुन् । सेभेन सिज सिनेमाको प्रस्तुति बन्ने फिल्मका निर्माता पौडेल र गुञ्जन गिरी हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ४ : २९ बजे

संसद विघटनमा माओवादी दुई धार, चुनावमा एक

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरेको विषयलाई लिएर

एक महिनामा अध्ययनका लागि विदेशियो १४ अर्ब ३१ करोड

काठमाडौं– देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो