पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष | Khabarhub Khabarhub

पाथिभरा केबलकारको पक्षमा एमाले, सहज वातावरण बनाएर निर्माण गर्नुपर्ने निष्कर्ष


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले)ले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध पाथिभरा मन्दिरसम्म पुग्न बनाउन लागिएको केबलकार निर्माणलाई सहज रुपमा अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

आइतबार बसेको एमाले सचिवालयको बैठकले यस्तो निर्णय गरेको जानकारी महासचिव शंकर पोखरेलले दिएका छन् ।

मुक्कुमुलुङमा आईएमई ग्रुपले निर्माण गरिरहेको केबलकार खारेजीको माग गर्दै धार्मिक अभियन्ताहरूले काठमाडौँमा पदयात्रा गरिरहँदा एमालेले भने सहज वातावरण बनाएर अघि बढाउनुपर्ने मत राखेको हो ।

‘पाथिभरामा केबलबारका सन्दर्भमा देखिएको विवादबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल गरेर निर्माण अघि बढाउनुपर्छ’, एमाले महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

उनले अहिले देखिएको विवादलाई अन्त्य गरेर सहज केबलकार निर्माणका लागि सहज वातावरण बनाउनुपर्ने निर्णय पनि पार्टीले लिएको बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ०० बजे

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,

तिहार : आज कुकुर तिहार

काठमाडौं – तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक