एमाले जनसंगठनको संरचनामा हेरफेर, दुईवटा विभागमा सचिव मनोनयन | Khabarhub Khabarhub

एमाले जनसंगठनको संरचनामा हेरफेर, दुईवटा विभागमा सचिव मनोनयन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीका संगठनका संरचनालाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार जनसंगठनमा केन्द्रीय कमिटी र सचिवालयको संरचना मात्रै राखिने छ । अबदेखि स्थायी कमिटीको अभ्यासलाई नराख्ने निर्णय भएको पोखरेलले बताए ।

जनसंगठनका स्थायी कमिटी खारेजीसँगै एमालेले आजको बैठकबाट दुईवटा नियुक्ति पनि गरेको छ ।

बैठकले स्थानीय विकास विभाग र प्रचार विभागको सचिवमा क्रमश: नवराज गेलाल र गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै नीति तथा कार्यक्रम छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिको भेला चैत मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

उता प्रदेशका हकमा प्रदेशमा रहेको मुख्यमन्त्री मन्त्री र दलका नेतालगायत रहेको संयुक्त भेला गर्ने निर्णय भएको पोखरेलले बताए ।

महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

त्यस्तै बैठकले पार्टीको स्थापना दिवसमा कम्युनिष्ट योद्धा सम्मान गर्न प्रत्येक प्रदेशबाट एक–एकजना कम्युनिष्ट योद्धा पहिचान गरि सिफारिस गर्न निर्देशन दिइएको उनले बताए । बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : ५२ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी