अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार « Khabarhub

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

लण्डन – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। युक्रेन बचाउनका लागि लन्डनमा आयोजित युरोपेली देशको सम्मेलनको दौरान जेलेन्स्कीले सो कुरा बताएका हुन्।

उनले यसअघि चर्चामा रहेको अमेरिकासँगको खनिज सम्झौताका लागि आफू अझै तयार रहेकोसमेत प्रष्ट पारेका छन्। जेलेन्स्कीले युक्रेको रक्षाका लागि अमेरिकासँग खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताएका हुन्।

शुक्रबार खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता भने तनावपूर्ण ढंगले सकिएको थियो। त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको दोहोर्याएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका थिए।

स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ। त्यसपछि युरोपेली देशका शीर्ष नेताले बैठक गरेरै युक्रेनलाई साथ दिने निर्णयसमेत गरिसकेका छन्।

युरोपेली नेताले अमेरिकालाई समेट्ने तयारीसहित युक्रेन जोगाउन १८ देशले गठबन्धन बनाउने निर्णय गरेका हुन्।

यो पनि

बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

ह्वाइट हाउसभित्र विश्वलाई तरंगित बनाउने चर्काचर्की (संवादसहित)

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ५४ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल