टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन « Khabarhub

टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् ।

विसं २०११ मा स्थापना भएको उक्त विमानस्थल हाल ७५० मिटर लम्बाइको छ ।

यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्नेछ । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् ।

साना जहाजले उल्लेख्य रुपमा फाइदा लिन नसकेपछि ती जहाज पनि आउन छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताइन् ।

उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनसमेत गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ४१ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स