पनाहा खोलामा पाँच करोडको लागतमा पक्की पुल « Khabarhub

पनाहा खोलामा पाँच करोडको लागतमा पक्की पुल


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको पनाहा खोलामा पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो। 

पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकलाई थप राहत मिलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थल पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भएपछि दुई पालिकाबीच आवतजावत गर्न सहज भएको छ। 

पुल निर्माण भएपछि यतिबेला त्यस क्षेत्रका नागरिकलाई अब जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएको छ । पैतीस मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको रहेको पुलको महादेव खिम्ती श्रेष्ठ कन्सट्रक्सन प्रालिले पुल निर्माणको काम सम्पन्न गरेको हो । 

रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म पुलले मानिसलाई आवतजावत गर्नका लागि थप सहज बनाएको स्थानीय कमला पन्थीले बताए।

पक्की पुल नहुँदा बर्सातको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको र पुल बनेपछि सो समस्या समाधान भएको स्थानीय टंकप्रसाद श्रेष्ठले बताए । 

‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्सातको समयमा खोला तर्दा बगाउलाकी भन्ने डर हुन्थ्यो, अब निकै सजिलो भयो,’ उनले भने। 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ०७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको