माछा मार्ने चिनियाँ जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग ! « Khabarhub

माछा मार्ने चिनियाँ जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग !


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माछा मार्ने चिनियाँ जहाज उत्तर कोरियाली बधुवा मजदुरको प्रयोग भइरहेको पाइएको छ । बेलायतमा आधारित एक गैरसरकारी संस्थाले यस्तो तथ्य पत्ता लगाएको हो ।

बेलायती गैरसरकारी संस्था इन्भारोन्मेन्टल जस्टिस फाउन्डेसन (ईजेएफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१९ देखि सन् २०२४ सम्म चीनका १२ वटा माछा मार्ने जहाजमा उत्तर कोरियाली मजदुरको प्रयोग भएको उल्लेख गरिएको छ । ती जहाज हिन्द महासागरमा परिचालित रहेको जनाइएको छ ।

रेडियो फ्रि एशियाका अनुसार यदि चिनियाँ माझीहरूले उत्तर कोरियाली मजदुरको प्रयोग गरेको भए त्यो संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धको उल्लङ्घन भएको ठहरिनेछ । 

माछा मार्ने चिनियाँ जहाजमा खटिएका फिलिपिनी र इण्डोनेशियन मजदुरको समूहलाई उद्धृत गर्दै ईजेएफले जनाएअनुसार केही उत्तर कोरियाली मजदुर वर्षौसम्म समुद्रमा खटिएका थिए ।

अन्तर्राष्ट्रिय बन्दरगाहमा ती मजदुरलाई लगेको खण्डमा उत्तर कोरियालीको पहिचान खुल्ने भएकाले उनीहरूलाई समुद्रमै विभिन्न जहाजमा सरुवा गरिन्थ्यो । उनीहरूको तलब भने उत्तर कोरियाली सरकारको खातामा जाने गरेको प्रतिवेदनमा जनाइएको छ ।

उत्तर कोरियाली मजदुरलाई आफ्ना परिवारसँग सम्पर्क गर्नसमेत प्रतिबन्ध लगाइएको जनाइएको छ । यसअघि सन् २०२२ मा मौरिससको पोर्ट लुई बन्दरगाहबाट चिनियाँ जहाजमा काम गर्ने ६ जना उत्तर कोरियाली पक्राउ परेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : २५ बजे

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई