कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै « Khabarhub

कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ । 

कांग्रेस प्रदेश कार्यसमितिद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र संगठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए। 

सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे बृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताए।

यस्तै, सम्मेलनको अर्को दिनदेखि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो । प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले जानकारी दिए।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : २० बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा