विजयकाे रोल रहेको ‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन, माग्ने बुढासँग प्रतिस्पर्धा | Khabarhub Khabarhub

विजयकाे रोल रहेको ‘जनै हराएको बाहुन’ तीजमा प्रदर्शन, माग्ने बुढासँग प्रतिस्पर्धा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विसं २०८१ को हिट फिल्म हो, ‘पूर्णबहादुर सारङ्गी’ । यसले फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गरेको छ । अर्कोतर्फ यही फिल्मबाट नायक विजय बरालले सहायक पात्रबाट नायकको परिचय पाएका छन् ।

विजयले यही फिल्ममा पहिलो पटक केन्द्रीय भूमिका निर्वाह गरेका थिए । फिल्म हिट भएपछि उनी अहिले चल्तीका नायकका रुपमा स्थापित भएका छन् ।

तर, उनी सहायक भूमिकामा रहेका फिल्म प्रदर्शनमा आइरहेका छन् । प्रदर्शनरत फिल्म ‘लाज शरणम्’मा पनि विजय सहायक भूमिकामा छन् । चैत १ बाट प्रदर्शनमा आउने फिल्म ‘राजागंज’मा पनि विजय सहायक भूमिकमा छन् ।

यी सबै फिल्म विजयले ‘पूर्णबहादुरको सारङ्गी’ हिट हुनभन्दा पहिला नै गरेका हुन् ।

‘पूर्णबहादुरको सारङ्गी’ पश्चात उनलाई केन्द्रीय भूमिकाका लागि प्रस्ताव आउने गरेको छ । आइरहेका छन् । उनले निकै सोचविचार गरेरै मात्र फिल्म छान्ने गरेका छन् ।

अब उनी कुन फिल्ममा देखिएलान् भन्ने दर्शकका लागि चासोको विषय छ । उनले दुई फिल्म ‘वरिष्ठ बलराम’ र ‘जनै हराएको बाहुन’लागि कागजी सम्झौता गरेका छन् ।

यी दुवैको प्रदर्शन मिति तोकिएको छ । विजय र नायक दयाहाङ राई केन्द्रीय भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलाराम’ आगामी लक्ष्मी पूजालाई तोकिएको छ । जुन फिल्मको छायाङ्न सुरु भइसकेको छ ।

विजयको अर्को फिल्म ‘जनै हराएको बाहुन’को छायाङ्कन सुरु भएको छैन । यसको प्रदर्शन मिति भने भदौ १० गते अर्थात् आगामी तीजलाई तोकिएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्मको छायाङ्न चैत अन्तिम साताबाट सुरु हुनेछ । पूर्वनिर्धारित समयमै छायाङ्न सुरु भएको अवस्थामा दर्शकले विजय केन्द्रीय भूमिकामा रहेको दोस्रो फिल्मका रुपमा ‘जनै हराए बाहुन’ हेर्न पाउनेछन् ।

विजयको यो फिल्म र केदार घिमिरे ‘माग्ने बूढा’ केन्द्रीय भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ प्रदर्शन मिति एकै दिन तोकिएको छ ।

यी दुवै फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शन आए हलमा यी दुईको प्रतिस्पर्धा हुने देखिन्छ ।

‘जनै हराएको बाहुन’मा विजय र मनिष राउत फाइलन भएका छन् । फिल्मका अन्य कलाकार चयनको काम भने अझैँ बाँकी रहेको बुझिएको छ ।

पेपरक्लिप प्रालि ब्यानरमा बन्ने यस फिल्मको लेखक भानुभक्त ढकाल हुन् । हिमाल न्यौपानेले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

त्यस्तै, फिल्म ‘माग्ने राजा’को छायाङ्कन फागुन १४ बाट सुरु भइसकेको छ । यस फिल्ममा केदारसहित नायिका वर्षा सिवाकोटी, कालकार विल्सनविक्रम राई, शिशिर वाङ्देल, मिस पबी, पुस्कर गुरुङलगायतको अभिनय रहेको छ ।

यस फिल्मका लेखक सामाप्यिराज तिमल्सेना हुन् । निर्देशक भने ऋषि लामिछाने हुन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता मुनाल घिमिरे हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ३३ बजे

नेप्सेमा ३० अंकको करेक्सन, कारोबार कति ?

काठमाडौं– मंलबार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन

प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू)

काठमाडौं – वसन्त ऋतुको आगमन भइसकेको छ । राजधानी काठमाडौँका

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको

प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र