भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्रीको आश्वासन « Khabarhub

भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्रीको आश्वासन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– भैरहवास्थित जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकले आश्वासन दिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गृहमन्त्री लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रियाअघि बढाउने आश्वासन दिएका हुन् । 

रुपन्देहीको जिल्ला कारागार सदरमुकाम भैरहवामा अवस्थित छ । घना बस्तीको बीचमा रहेकाले यसबाट विभिन्न समस्या हुने गरेको र नगरको सुन्दरतामा समेत असर परेको भन्दै नगरप्रमुख खाँले कारागार स्थानान्तरणको पहल गर्न मन्त्री लेखकसँग आग्रह गरेका थिए।

छलफलका क्रममा भैरहवास्थित जिल्ला कारागारको हालको जग्गा नगरपालिकालाई हस्तान्तरण गरी बदलीमा नगरपालिकाले अन्यत्र उपयुक्त जग्गा प्रदान गर्ने प्रस्ताव नगरप्रमुख खाँले गृहमन्त्री लेखक समक्ष प्रस्ताव राखेका थिए ।

गृहमन्त्री लेखकले नगरप्रमुख खाँको प्रस्ताव सकारात्मक रहेको भन्दै कारागारका लागि नयाँ भवन निर्माण गर्न बजेट सुनिश्चित गरी स्थानान्तरणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।

 नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा भाग लिन उनी भैरहवा आएका हुन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ३२ बजे

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरु

धादिङ– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले

कैफियत देखिएपछि तीन फर्मलाई कारबाही

काठमाडौं– नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं – चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज