कारागारका कैदीबन्दी आयआर्जनमा « Khabarhub

कारागारका कैदीबन्दी आयआर्जनमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् ।

यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने, कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् ।

उनीहरूले मासिक सातदेखि १५ हजार रुपैयाँसम्म कमाउने गरेका छन् । कारागारमा कैदी जीवन बिताइरहेका सानु चेपाङले भने ‘मैले गलैँचा बनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक सातदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु ।’ विगत सात वर्षदेखि गैँडा मारेको मुद्दामा कैद सजाय भोग्दै आएका चेपाङले आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाए ।

यसैको कमाइले उनले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको बताए । अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको जनाउँदै उनले आफूले कारागारभित्रका झण्डै एक सय जनालाई काम दिन पाएकोमा सन्तुष्ट रहेको बताए ।

आफूले सबैलाई तालिम दिएर काममा लगाएको उनको भनाइ छ । कैद सजाय तोकेकाले समय बिताउन र आफ्नो खर्च जुटाउन सीपमूलक काममा लाग्ने गरेको उनले बताए । गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजा अहिले मुढा बन्न तल्लिन छन् । उनले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताए । २०६९ सालमा गैँडा मारेको मुद्दामा उनी पक्राउ परी कारागार चलान भएका थिए । कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले आफ्नो इच्छाअनुसारको खान, लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको बताए ।

लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यहाँ भएका यस्ता उद्योगले राहत दिने गरेको उनको भनाइ छ । कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार जेलभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ ।

कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उनले बताए ।

यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौं, मकवानपुर, धादिङलगायतका ठाउँमा जाने गर्दछ । कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुने गर्छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ८ : ३६ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै